१९ लाखभन्दा बढीको मोबाईलका डिस्प्ले बरामद

<p>बाँके । बाँके जिल्लाको नेपालगंञ्ज उपमहानगरपालिका १६ जयसपुर ईलाकाबाट १९ लाख २६ हजार रुपैयाँ बराबरको मोबाईलका डिस्प्ले असार १ गते सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य  बराबरको १२ सय ८४ थान मोबाईलका डिस्प्ले नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो । बरामद मोबाईलका डिस्प्ले भन्सार कार्यालय जमुनाह [&hellip;]</p>

बाँके । बाँके जिल्लाको नेपालगंञ्ज उपमहानगरपालिका १६ जयसपुर ईलाकाबाट १९ लाख २६ हजार रुपैयाँ बराबरको मोबाईलका डिस्प्ले असार १ गते सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य  बराबरको १२ सय ८४ थान मोबाईलका डिस्प्ले नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।

बरामद मोबाईलका डिस्प्ले भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।

Share News