काठमाडौंलाई बस्नयोग्य सहर निर्माण अभियानमा जुटे इन्जिनियर

<p>काठमाडौं । काठमाडौं उपत्यकालाई बस्न योग्य सहर निर्माणको अभियानमा इन्जिनियरहरु जुटेका छन् । डेमोक्रेटिक इन्जिनियर्स एलाइन्सको संयोजकत्वमा इन्जिनियरहरुले काठमाडौं उपत्यकालाई बस्नयोग्य सहर निर्माणको अभियान सञ्चालन गरेको छ । एलाइन्सले आइतबार सो अभियानलाई सहयोग गर्नभन्दै विज्ञहरुसँग छलफल समेत गरेको छ । एलाइन्सका अध्यक्ष ई. ध्रुव थापा काठमाडौं उपत्यकालाई बस्नलायक सहर बनाउनका लागि पहिलो चरणको छलफल गरिएको [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकालाई बस्न योग्य सहर निर्माणको अभियानमा इन्जिनियरहरु जुटेका छन् । डेमोक्रेटिक इन्जिनियर्स एलाइन्सको संयोजकत्वमा इन्जिनियरहरुले काठमाडौं उपत्यकालाई बस्नयोग्य सहर निर्माणको अभियान सञ्चालन गरेको छ ।

एलाइन्सले आइतबार सो अभियानलाई सहयोग गर्नभन्दै विज्ञहरुसँग छलफल समेत गरेको छ ।

एलाइन्सका अध्यक्ष ई. ध्रुव थापा काठमाडौं उपत्यकालाई बस्नलायक सहर बनाउनका लागि पहिलो चरणको छलफल गरिएको बताउँछन् । काठमाडौं सहरलाई दिगो र बस्नलायक सहरको रुपमा विकसित गर्नु आजको चुनौती रहेको भन्दै उनले उक्त अभियान सञ्चालन गरिएको बताए ।

आजको छलफल कार्यक्रममा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. विन्दुनाथ लोहनी प्रमुख वक्ताको रुपमा सहभागी भएका थिए । कार्यक्रममा आधा दर्जन विज्ञहरुले काठमाडौं उपत्यकाको विकासका सम्बन्धमा आफ्नो धारण राखेका थिए ।

Share News