काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको विद्युत उत्पादन बन्द भएको छ । हाल सञ्चालनमा रहेको उक्त हाइड्रोको विद्युत असार २ गते राति सवा ९ बजेदेखि बन्द भएको हो ।
कम्पनीका अनुसार बाढीको कारणले उक्त ८.५ मेगावाटकोे इन्टेकमा क्षति भएको हो । विद्युत उत्पादन २०८० असार २ गते राति सवा ९ बजेदेखि बन्द भएको हो । त्यस्तै, विस्तृत जानकारी भने आउन बाँकी रहेको कम्पनीले जनाएको छ ।