जेठ महिनामा केबलकार यात्रा गर्नेको संख्या अहिले सम्म कै उच्च

<p>काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन् । यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ । यस अघि आब २०७५/७६ मा ज्येष्ठ महीनामा नै १,३५,२७२ को मासिक [&hellip;]</p>

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ ।

आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन् । यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ ।

यस अघि आब २०७५/७६ मा ज्येष्ठ महीनामा नै १,३५,२७२ को मासिक रेर्कड थियो जून यस आब को जेठ महिनामै तोडिएको छ । यसरी यस आब को ज्येष्ठ महीनाको औसत प्रति दिन यात्री ४७०० पुगेको छ ।

यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २,६९,७६०९ २६।४१५० भारतीयहरुले मनकामना भ्रमण गरेको जनाइएको छ ।

पहिलो नंबरमा ७,०५,५९३ ९६९।०८५० सहित नेपाली यात्री रहेका छन्। यस वर्ष भने औसत प्रति दिन यात्री ४७०० पुगेको कम्पनीले जनाएको छ ।

Share News