
काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशलाई श्रमिक मैत्री प्रदेशको रुपमा स्थापना गर्ने बताएका छन् ।
उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै बागमती प्रदेशलाई श्रमिक मैत्री प्रदेशको स्थापना गरी श्रमको उच्च सम्मान गर्न संस्कृतिको विकास गरिने पनि बताए ।