काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारण सभा सम्पन भएको छ । उक्त सभा संस्थाकी अध्यक्ष पद्मासना शाक्यको अध्यक्षतामा जेठ ३२ गते सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष शाक्यले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् ।
सभामा वक्ताहरुले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको बताए । नेपालको सन्दर्भमा हाल तरलताको संकटले व्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आर्थिक वर्ष २०७८/०७९ मा सहज हुँदै गएको तर पछिल्लो समय लघुवित्त माथि चौतर्फी आक्रमण हुँदा चुनौति थपिएको उनीहरुको भनाई छ ।
लघुवित्तका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । सोही आवमा आइपीओ जारी गरी संस्थाले चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुर्याएको थियो । त्यस्तै, संस्थाले नाफा कूल १ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।