ठूला व्यवसायीले अर्बौं रकम घरमै राखेका छन् भन्ने सुनिन्छ : पूर्व गभर्नर क्षेत्री

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले ठूला व्यवसायीहरुले अर्बौं रकम घरमै राख्ने गरेको बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व गभर्नर क्षेत्रीले यस्तो बताएका हुन् । ‘ठूला व्यवसायीले अर्बौं रकम घरमै राखेका छन् भन्ने सुनिन्छ, उहाँहरुले बैंकिङ्ग प्रणालीमा रकम [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले ठूला व्यवसायीहरुले अर्बौं रकम घरमै राख्ने गरेको बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व गभर्नर क्षेत्रीले यस्तो बताएका हुन् ।

‘ठूला व्यवसायीले अर्बौं रकम घरमै राखेका छन् भन्ने सुनिन्छ, उहाँहरुले बैंकिङ्ग प्रणालीमा रकम नपठाउँदा तरलता अभाव भयो, अब तरलता सहज गर्नका लागि सबै रकम प्रणालीमा ल्याउनु पर्छ,’ उनले भने ।

उनले ठूला व्यवसायीले अर्बौं रकम घरमा राखेर तरलता अभाव श्रृजना गरेको बताए । उनका अनुसार उत्पादन नहुने तर मूल्यवृद्धि बढ्ने अवस्था रहेको छ ।

अर्थतन्त्रमा साढे ६ खर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेको उनको भनाइ छ ।

‘बोरामा तौलिएर भ्रष्टाचार हुन्छ रे, ६० प्रतिशत व्यापार भारतसँग भइरहेको बेला भारतसँगको विनिमय दर पेगलाई हटाउनु पर्छ भन्ने सुनिन्छ, त्यसको लागि आन्तरिक रुपले उत्पादनमा बलवान् हुनु पर्छ,’ उनले भने, मुद्दती निक्षेपमा ६० प्रतिशत बचत छ, यो रकम चलायमान गर्नु पर्छ ।’

युक्रेनबाट आएको भटमासमा गरिएको लगानी पनि कृषिमा गरिएको लगानी भनेर वितरण भइरहेको उनको भनाइ छ ।

Share News