ईसेवा मनि ट्रान्सफरबाट पठाएको रेमिट्यान्स अब सिधै नबिल बैंकमा

<p>काठमाडौं । ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ [&hellip;]</p>

काठमाडौं । ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ।

साथै अब विदेशमा रहेका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नेछन् ।

Share News