तीन करोडमा बन्यो भगवानपुरको इलाका प्रहरी कार्यालय

<p>बाँके । बाँकेको नरैनापुरको वडा नं. ५ को भगवानपुरमा नवनिर्मित इलाका प्रहरी कार्यालयको सोमबार उद्घाटन गरिएको छ  । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्ष उमेश राज जोशी र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तिायक अहमद शाहले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन् । इलाका प्रहरी कार्यालयसँगै उनीहरुले कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष [&hellip;]</p>

बाँके । बाँकेको नरैनापुरको वडा नं. ५ को भगवानपुरमा नवनिर्मित इलाका प्रहरी कार्यालयको सोमबार उद्घाटन गरिएको छ  ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्ष उमेश राज जोशी र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तिायक अहमद शाहले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन् । इलाका प्रहरी कार्यालयसँगै उनीहरुले कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको पनि उद्घाटन गरेका छन् ।

प्रदेश सरकारको नियमित बजेटबाट कुल तीन करोड ९ लाख लागतमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनको निर्माण सम्पन्न भएको हो ।

प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी संगठनलाई संस्थागत रूपमा मजबुत बनाउन प्रदेश प्रहरी कार्यालय सदैव कटिवद्ध रहेको बताए ।

उनले भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गरे ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक जोशीले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारीलाई पुरस्कारसमेत प्रदान गरे ।

Share News