स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ८ जनाको मृत्यु

<p>काठमाडौं । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना हुँदा कारमा सवार ८ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारीको भिङ्ग्री सडक खण्डमा दुर्घटना भएको थियो । कार झण्डै ५० मिटर तल खसेको थियो । कारमा चालकसहित २ पुरुष, २ महिला र ४ बालबालिका गरी [&hellip;]</p>

काठमाडौं । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना हुँदा कारमा सवार ८ जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारीको भिङ्ग्री सडक खण्डमा दुर्घटना भएको थियो । कार झण्डै ५० मिटर तल खसेको थियो ।

कारमा चालकसहित २ पुरुष, २ महिला र ४ बालबालिका गरी आठ जना सवार थिए ।

दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल प्युठानमा लगिएकोमा चिकित्सकहरूले आठै जनाको निधन भएको पुष्टि गरेका छन् ।

Share News