जुम्लाका स्थानीय तहलाई दुई अर्ब ३७ करोड विनियोजन

<p>जुम्ला । जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ दुई अर्ब ३७ करोड रुपैयाँ बढी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई दुई अर्ब ३७ करोड २२ लाख रुपैयाँ रकम विनियोजन गरिएको हो । विनियोजित रकममध्ये चन्दननाथ नगरपालिकाका [&hellip;]</p>

जुम्ला । जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ दुई अर्ब ३७ करोड रुपैयाँ बढी रकम विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई दुई अर्ब ३७ करोड २२ लाख रुपैयाँ रकम विनियोजन गरिएको हो ।

विनियोजित रकममध्ये चन्दननाथ नगरपालिकाका लागि ३८ करोड ५४ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । सात गाउँपालिकामध्ये सबै भन्दा बढी तिला गाउँपालिकाका लागि ३१ करोड ९० लाख रुपैयाँ र सबै भन्दा कम गुठिचौर गाउँपालिकालाई २१ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ ।

त्यस्तै, तातोपानी गाउँपालिकालाई ३१ करोड पाँच लाख रुपैयाँ, कनकासुन्दरी गाउँपालिकालाई २९ करोड ३६ लाख रुपैयाँ, हिमा गाउँपालिकालाई २९ करोड ७१ लाख रुपैयाँ, पातारासी गाउँपालिकालाई २६ करोड ८१ लाख रुपैयाँ र सिञ्जा गाउँपालिकालालाई २८ करोड १९ लाख रुपैयाँ रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सङ्घीय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान शीर्षकमा चालु र पुँजीगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ ।

Share News