काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने भनिएको स्पष्ट पारेका छन् । सोमवार प्रतिनिधि सभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै उनले साे कुरा स्पष्ट पारेका हुन ।
‘हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो, तर वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन’, उनले भने ।
उनले चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरिएकाे बताए ।
‘जहाँ जहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्छौ, भुटानले पनि त निर्यात गरिरहेको छ, ढुङ्गा के खनिज जन्य होइन र उनले प्रश्न गर्दै भने,
‘अष्ट्रेलियामा पनि त ठूला ठूला खानी उत्खनन गरिएका छन् ।’