बिमस्टेकको पाँचौँ सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री रिजाल भारत प्रस्थान

<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् ।बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास ९बिमस्टेक० को छैठौं शिखर सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल भारत प्रस्थान गरेका हुन् । सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदै छ । नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवर्दन लगायतका विषयमा मन्त्री रिजालले [&hellip;]</p>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् ।बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास ९बिमस्टेक० को छैठौं शिखर सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल भारत प्रस्थान गरेका हुन् ।

सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदै छ । नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवर्दन लगायतका विषयमा मन्त्री रिजालले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन् ।

बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौँ सम्मेलन श्रीलंकामा भएको थियो । तेस्रो शिखर सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो ।
तिन दिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कने छन् ।

Share News