रास्वपामाथि अन्य दलहरुले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि पार्टीबिरुद्ध बाधा पु¥याउने प्रयास भइरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरुले घेराबन्दी गरिरहेको बताए [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि पार्टीबिरुद्ध बाधा पु¥याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरुले घेराबन्दी गरिरहेको बताए । उनले दलहरुको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताए ।

‘तपाईहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरुले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ’, उनले भने, ‘२०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महशुस गरिसकेका छन्, तर त्यो अनुमानलाई बाधा पु¥याउन अहिलेदेखि नै प्रयासहरु चलेको छ, त्यसमा हामी चनाखो हुँदै जानुपर्छ ।’

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले बिरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको उनको ठहर छ । उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए ।

उनले वैवाहीक अंगीकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहेपनि संस्दमा नलगिकन प्रमाणीकरण पठाउनुले सरकारको बाटो स्पष्ट भएको बताए । आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको बताए ।

‘नागकिता विधेयकमा हामीले त्यतिबेला नै तत्कालीन राष्ट्रपतिले नागकिरता विधेयक रोक्दा हामीले संविधान विपरितको काम भयो भनेका थियौँ, तर दलहरुको अकर्मण्यता पनि भयो सही बाटोबाट सही ढंगबाट ढोकाबाट नल्याइसकेपछि प्रक्रिया नपु¥याइसकेपछि यस्तै हो भनेका थियौँ’, उनले भने, ‘पार्टी निर्वाचनमा नपुग्दै, त्यसको निरन्तरतामा हामी छौँ, हामीले वैवाहीक अंगीकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौँ, हामीले सही ढंगबाट आओस् भनेका छौँ ।’

सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रुपमा लिएका मुद्दालाई नछोड्ने बताए । उनले २०८४ सालममा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गरे । उनले सबै ठाउँबाट पार्टीलाई जिताउनका लागि आफ्नो पार्टीले काम थालिसकेको पनि जिकिर गरे ।

Share News