काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाकाे पर्सास्थित विरुवागुठी शाखा कार्यलयले बीमा दावी रकम भुक्तानी गरेको छ ।
लघुवित्तले पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं. २९ मुसैली टोलमा रहेकी सदस्य सवरिया देवीको श्रीमान रधुनाथ महतो धानुकको मृत्यू पश्चात बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएकाे हाे ।
लघुवित्तले सदस्य देवीले लिएकाे २ लाख ५५ हजार रुपैयाँ कर्जा नियमानुसार साँवा र ब्याज मिनाहा गरी २५ हजार काजक्रिया खर्च, एक लाख ६० हजार रुपैयाँ किस्ता फिर्ता गरी जम्मा एक लाख ८५ हजार रुपैयाँ प्रदान गरेकाे छ ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।