मुगुको पूर्वमेयर र उपमेयरविरुद्ध भ्रष्टाचार मुद्दा

<p>काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन मेयर हरिजंग शाही र उपमेयर सुन्तला रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा २२ लाख ३६ हजार ४८२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगरपालिकाको वडा नं ७ स्थित विसौनीदेखि किउरीसम्मको सडकमा उपभोक्ता समितिले नगरेको [&hellip;]</p>

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन मेयर हरिजंग शाही र उपमेयर सुन्तला रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा २२ लाख ३६ हजार ४८२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नगरपालिकाको वडा नं ७ स्थित विसौनीदेखि किउरीसम्मको सडकमा उपभोक्ता समितिले नगरेको काम गरेको भनेर रकम भुक्तानी सिफारिस गरेको आरोप उनीहरुमाथि लागेको हो ।

उनीहरुसँगै वडा नं ७ कि वडासदस्य पशुपति शाही, उपभोक्ता समितिकी अध्यक्ष रामप्यारी शाही, सचिव सादना मल्ल र कोषाध्यक्ष नानी कामीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Share News