सरकारको अस्थीर नीतिले निजी क्षेत्रमा समस्या सिर्जना गर्यो : अध्यक्ष ढकाल

<p>काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको अस्थीर नीतिले निजी क्षेत्रमा समस्या सिर्जना गरेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट- अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो बताएका हुन् । &#8216;सरकारले नीतिमा स्थीरता गर्न सकेन भने निजी क्षेत्र समस्यामा पर्छ, मर्जर एक्विजिसन भएका कम्पनीबाट कर [&hellip;]</p>

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको अस्थीर नीतिले निजी क्षेत्रमा समस्या सिर्जना गरेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट- अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो बताएका हुन् ।

‘सरकारले नीतिमा स्थीरता गर्न सकेन भने निजी क्षेत्र समस्यामा पर्छ, मर्जर एक्विजिसन भएका कम्पनीबाट कर असुल्ने विषय राम्रो भएन, यो संशोधन गर्नु पर्छ, उनले भने ।

त्यस्तै, सरकारले नीति परिवर्तन गर्दा त्यसको प्रभाव मुल्यांकन गर्न आवश्यक रहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकले दिएको सुविधा र अघिल्लो बजेटले दिएको सुविधा पनि यो बजेटले कटौति गरेको उनको भनाई छ । बजेट लेख्ने प्रक्रिया गलत भइरहेको बताउँदै उनले भने- ‘बजेट राम्रो भाषा लेख्ने तर आर्थिक विधेयक अर्कै आउने प्रवृत्ति देखियो ।’

बजेटमा उद्योगी व्यवसायीले दिएका सुझाव सम्बोधन भएको देखिए पनि विधेयकमा अर्कै आएको उनको टिप्पणी छ । साथै, देशमा भएको काठ कुहिएको छ तर हामीले आयात गर्नु बिडम्बना रहेको उनले बताए ।

Share News