ईभीमा सहुलियतको नीतिले भ्रष्टाचार बढ्यो : डा. वाग्ले

<p>काठमाडौं । प्रतिनिधि सभा सांसद तथा अर्थविद डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा सहुलियतको नीतिले भ्रष्टाचार बढेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट- अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै डा. वाग्लेले सो बताएका हुन् । &#8216;विद्युतीय गाडीमा सुरुमा राम्रो भनिएपनि अहिले ईभीमा दिइएको सहुलियतको नीतिले भ्रष्टाचार [&hellip;]</p>

काठमाडौं । प्रतिनिधि सभा सांसद तथा अर्थविद डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा सहुलियतको नीतिले भ्रष्टाचार बढेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट- अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै डा. वाग्लेले सो बताएका हुन् ।

‘विद्युतीय गाडीमा सुरुमा राम्रो भनिएपनि अहिले ईभीमा दिइएको सहुलियतको नीतिले भ्रष्टाचार बढ्यो,’ उनले भने- ‘सहायता धेरै दिनेभन्दा पनि रिजेनेवल दिनुपर्छ ।’

बजेटको आकार कति हुनु पर्ने हो ? भन्दै प्रश्न गर्दै उनले आगामी आर्थिक वर्षको बजेटको विश्वसनियतामाथि प्रश्न उठिरहेको बताए । गत वर्षको बजेट नीतिगत भ्रष्टाचार रहेको बताउँदै उनले नयाँ बजेटको आकार बढी भएको र खर्च हुन नसक्ने टिप्पणी गरे ।

‘बजेटमा वाहीवाही पाउन केही कार्यक्रम हटाएपनि बजेट बिनियोजन गरियो, विभिन्न कार्यक्रम हटाइने छ, इन्धन नगदमा दिइने छ, प्रोत्साहन भत्ता खारेज गर्ने भनिए पनि एनेक्समा बजेट छुट्याएको देखिन्छ,’ कार्यक्रममा बोल्दै डा. वाग्लेले भने ।

सीमित उद्योगी व्यवसायीलाई केन्द्रित भन्दा पनि उपभोक्तालाई लाभ हुने बजेट हुनुपर्छ उनको भनाई छ । साथै, सरकारले इन्डक्सन चुल्होलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

गत वर्ष जस्तै यो वर्ष पनि बजेट तथा करमा अनधिकृत व्यक्ति छिर्यो भन्ने हल्ला आइरहेको अवस्थामा डा. वाग्लेले भने- ‘त्यो हल्ला सत्य नहोस् ।’

Share News