वृद्धभत्ता खारेज गर्नुपर्छ, तर त्यो साहस कुनै पनि राजनीतिक दलले गर्न सक्दैनन्

<p>काठमाडौं । अर्थविद् डा. विश्वास गौचनले वृद्धभत्तालाई खारेज गर्नुपर्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले &#8216;पोष्ट बजेट-अ होलिस्टिक डिस्क्लोजर&#8217; विषयमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रस्तुति दिँदै डा. गौचनले वृद्धभत्ता अनावश्यक भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताएका हुन् । &#8216;कुल खर्चको २३ प्रतिशत सामाजिक सुरक्षामा खर्च भइरहेको छ, मासिक वर्ष ६ अर्ब खर्च भइरहेको छ, [&hellip;]</p>

काठमाडौं । अर्थविद् डा. विश्वास गौचनले वृद्धभत्तालाई खारेज गर्नुपर्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले ‘पोष्ट बजेट-अ होलिस्टिक डिस्क्लोजर’ विषयमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रस्तुति दिँदै डा. गौचनले वृद्धभत्ता अनावश्यक भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताएका हुन् ।

‘कुल खर्चको २३ प्रतिशत सामाजिक सुरक्षामा खर्च भइरहेको छ, मासिक वर्ष ६ अर्ब खर्च भइरहेको छ, वर्षमा करिब ७६ अर्ब रूपैयाँ खर्च भैरहेको छ । यसलाई हटाउने क्षमता राख्नु पर्छ तर त्यो साहस कुनै पनि राजनीतिक दलले सक्दैनन्,’ उनले भने ।

आगामी आर्थिक वर्ष २०८०/८१ को १७ खर्ब ५१ अर्बको बजेटको आकार ठूलो रहेको बताउँदै उनले खर्च कम हुन सक्ने प्रतिकृया दिए । बजेट महत्वकांक्षी भएको तर डेलिभरी न्यून रहेको उनको टिप्पणी छ ।

‘अघिल्लो वर्ष चुनावी बजेट थियो, अहिलेको बजेट अलि रियालिष्टक छ, राज्यले साधारण खर्च मै फोकस गर्यो, पुँजीगत खर्च पनि साधारण खर्च जस्तै भयो, यसले आर्थिक वृद्धिमा योगदान सक्दैन,’ उनले भने ।

देशले चार वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि गुमाएको जानकारी गराउँदै उनले संरचनात्मक सुधारमा जान आवश्यक रहेको बताए । साथै, साढे ४ प्रतिशतको आर्थिक वृद्धिले देश उभो लाग्न नसक्ने उनको भनाई छ ।

अर्थविद् डा. गौचनले व्यापार, निमार्ण, उत्पादन र खानीजन्य उद्योगहरु नकारात्मक अवस्थामा रहेको तर रेमिट्यान्समा सुधार भएको बताए ।

Share News