छत्रपाटी चिकित्सालयमा काठमाडौंका वृद्धवृद्धाहरुले अप्रेसन सहितको उपचार निःशुल्क पाउने

<p>काठमाडौं । काठमाडौं स्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा काठमाडौं महानगरभित्र वृद्ध भत्ता बुझ्ने सबै वृद्धवृद्धाहरुले निःशुल्क उपचार पाउने भएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’का अनुसार महानगर र चिकित्सालयबीचमा भएको सम्झौताअनुसार परिचयपत्रको आधारमा सम्पूर्ण सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन् । प्रमख शाहका अनुसार चिकित्सालयमा वृद्धवृद्धाहरुले विभिन्न प्रकारका अप्रेसन सहित २९ प्रकारका सेवा निःशुल्क [&hellip;]</p>

काठमाडौं । काठमाडौं स्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा काठमाडौं महानगरभित्र वृद्ध भत्ता बुझ्ने सबै वृद्धवृद्धाहरुले निःशुल्क उपचार पाउने भएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’का अनुसार महानगर र चिकित्सालयबीचमा भएको सम्झौताअनुसार परिचयपत्रको आधारमा सम्पूर्ण सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

प्रमख शाहका अनुसार चिकित्सालयमा वृद्धवृद्धाहरुले विभिन्न प्रकारका अप्रेसन सहित २९ प्रकारका सेवा निःशुल्क प्राप्त गर्न सक्छन् । निःशुल्क प्राप्त गर्न सकिने सेवाहरु निम्न रहेका छन् ।

२४ सै घण्टा आकस्मिक सेवा
ल्याप्रोस्कोपीक शल्यक्रिया
सर्जरी
फिजिसियन / इन्टरनल मेडिसिन
नाक, कान, घाँटी रोग
स्त्री रोग
पेट रोग (ग्यास्ट्रोइन्टेरोलजी)
चर्म तथा यौन रोग
बाल रोग
अल्ट्रासाउण्ड
टि.एम.टी/हल्टर
अडियोग्राम
टिम्पानो मिटर
इको
मनोचिकित्सा
२४ सै घण्टा प्याथोलोजी,
डिजिटल एक्सरे,
पिसाब नलीको पत्थर चिरफार नगरीकन
शल्यक्रिया
आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया
हाड, जोर्नी र नशा रोग
जनरल हेल्थ चेकअप
ईण्डोस्कोपी र कोलोन्स्कोपी
दन्त रोग
मुटु रोग
ड्रेसिङ्ग
ई. सी. जी.
स्त्री रोग शल्यक्रिया र
हार्डजोर्नी शल्यक्रिया ।

Share News