बढ्यो पर्यटन मन्त्रालयको बजेट, नयाँ पर्यटकीय पूर्वाधार निर्माणदेखि वायुसेवा कम्पनीलाई छुट

<p>काठमाडौं । सरकारले पर्यटन क्षेत्रको बजेट बढाएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ५८ करोड रुपैयाँले बजेट बढेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् । उनले पर्यटन क्षेत्रलाई सरकारले [&hellip;]</p>

काठमाडौं । सरकारले पर्यटन क्षेत्रको बजेट बढाएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ५८ करोड रुपैयाँले बजेट बढेको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् ।

उनले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकता राखेको भन्दै बजेटसँगै नयाँ योजनाहरु राखिएको बताए । पर्यटन क्षेत्रका लागि चालु आवमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय तथा पोखरामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट दिने घोषणा गरेको छ । लामो समयदेखि उक्त दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै सरकारले उक्त विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलीङमा छुट दिने घोषणा गरेको हो ।

उनले उक्त दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित रुपमा हुने व्यवस्था गरिएको उनले बताए ।

नयाँ पर्यटकीय पूर्वाधारका लागि २ करोड

सरकारले नयाँ पर्यटन पहिचान तथा पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. महतले पर्यटन पहिचान, पूर्वाधार विकास तथा अन्य पर्यटन पूर्वाधार विकासका लागि उक्त रकम विनियोजन गरिएको बताए ।

८ विमानस्थल स्तरोन्नति गरिने

सरकारले विभिन्न ८ वटा विमानस्थलको स्तरोन्नति गरिने घोषणा गरेको छ । बजेट मार्फत विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने घोषणा गरिएको हो ।

यस्तै, रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने जनाएको छ।
दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ ।

Share News