निजामती अस्पताललाई सुपर स्पेशालिटी अस्पताल बनाइने

<p>काठमाडौं । सरकारले निजामती अस्पतालाई सुपर स्पेशालिटी अस्पताल बनाउने भएको छ । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । सरकारले संघीय अस्पतालहरुको प्रयोगशालाको स्तर वृद्धि गर्ने, एकीकृत स्वास्थ्य विज्ञान ऐन निर्माण गर्ने, लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि तर्फ ८३ अर्ब [&hellip;]</p>

काठमाडौं । सरकारले निजामती अस्पतालाई सुपर स्पेशालिटी अस्पताल बनाउने भएको छ । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।

सरकारले संघीय अस्पतालहरुको प्रयोगशालाको स्तर वृद्धि गर्ने, एकीकृत स्वास्थ्य विज्ञान ऐन निर्माण गर्ने, लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि तर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको मन्त्री महतले बताएका छन् ।

Share News