काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम जेठ ३ गते देखि १० गतेसम्म ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत १३५ जना फिल्ड कर्मचारीको सहभागीता रहेको थियो ।
उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले उद्घाटन गरेको कार्यक्रममा उनले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमले कर्मचारीको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम श्रवण कुमार सपोर्टका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले प्रशिक्षण दिएका थिए ।
साथै, उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारी सहित विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी ,रबिन खतिवडा, दिपेन्द्र खनाल, प्रदिप श्रेष्ठ, राजिव डंगौरा लगाएत सुदिप श्रेष्ठ र रुपेश घिमिरेले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धी तालीम प्रदान गरेका थिए ।