एनआईसी एशियामा भिडियो कलमार्फत थप पाँच नयाँ सेवा लिन सकिने

<p>काठमाडौं । एनआईसी एशिया बैंकले भिडियाे केवाइसीमार्फत थप ५ वटा सेवा संचालनमा ल्याएकाे छ । बैंकले भिडियाे केवाइसीमार्फत केवाइसी अपडेटका साथै खाता सुचारु, खाताको स्कीम परिवर्तन, स्ताक्षर अद्यावधिक र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्ने सकिने सेवा संचालनमा ल्याएकाे हाे । बैंकले घर वा अफिसबाटै लिन सकिने यी पाँच नयाँ सेवाहरू एनआईसी डटकम मा रहेको &#8216;एप्लाई नाउ&#8217; ट्याप [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले भिडियाे केवाइसीमार्फत थप ५ वटा सेवा संचालनमा ल्याएकाे छ ।

बैंकले भिडियाे केवाइसीमार्फत केवाइसी अपडेटका साथै खाता सुचारु, खाताको स्कीम परिवर्तन, स्ताक्षर अद्यावधिक र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्ने सकिने सेवा संचालनमा ल्याएकाे हाे ।

बैंकले घर वा अफिसबाटै लिन सकिने यी पाँच नयाँ सेवाहरू एनआईसी डटकम मा रहेको ‘एप्लाई नाउ’ ट्याप गरी भिडियो केवाईसीबाट सेवाहरू मध्ये ग्राहकले इच्छाएको सेवा छनौट गर्न सक्नेछन् ।

साथै, ग्राहकले दिएको अनुकुल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।

बैंकको अनुसार सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनुपर्नेछ ।

बैंकले नयाँ सेवाको सुरुवातसँगै ग्राहकको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि केवाईसी विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न सकिने जनाएको छ ।

बैंकले हाल ३७ लाखभन्दा बढी ग्राहकहरू माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । स्वदेश तथा विदेशमा रहेका लाखौं ग्राहकले भिडियो कलबाट सेवा लिन सक्नेछन् ।

Share News