काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रकम ५५ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप ५५ खर्ब पुगेको हो । जुन हालसम्मकै उच्च निक्षेप हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब २ अर्बसम्म पुगेको छ । यस्तै, कर्जा लगानी ४८ खर्ब ४६ अर्ब पुगेको छ ।
बैंकको निक्षेप अर्थतन्त्रको आकारभन्दा ठूलो हो । चालू आवको असार मसान्तसम्म नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ ।