सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्छ : सांसद घिमिरे

<p>काठमाडौं । नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्ने बताएका छ्न् । आईतबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद घिमिरेले सरकारले सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थमा निजि क्षेत्रको [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्ने बताएका छ्न् ।

आईतबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद घिमिरेले सरकारले सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थमा निजि क्षेत्रको सहभागिताको विषय नआएको उल्लेख गर्दै पेट्रोलियम पदार्थमा निजी क्षेत्रलाई समावेश गराउनुपर्ने धारणा राखे । नेपाल आयल निगमलाई प्रतिस्पर्धि बनाउन निजि क्षेत्रको प्रवेश आवश्यक रहेको उनको भनाई छ ।

यस्तै, उनले सिमान्तकृत र विपन्न तहका नागरिककालागि वडा तहमा सहुलियत खाद्यान्न पसल राख्नेकुरा अस्पष्ट भएको भन्दै यस्तो कुरा नराखेको भएपनि हुने धारणा व्यक्त गरे । उनले ६० प्रतिशत लक्ष्य भेट्नेगरी बजेट निर्माण गर्न सरकारलाई आग्रह गरे ।

Share News