काठमाडौंका अस्पतालहरुले विपन्न बिरामीलाई १० प्रतिशत काेटामा निःशुल्क उपचार गर्नुपर्ने

<p>काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालनम रहेका अस्पतालहरुले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शैया छुट्याएर अनिवार्य निःशुल्क उपचार गर्नुपर्ने भएको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) बमोजिम अस्पतालहरुले सो सेवा उपलब्ध गराउनुपर्ने भन्दै महानगरले निर्णय गरेको हो । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालनम रहेका अस्पतालहरुले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शैया छुट्याएर अनिवार्य निःशुल्क उपचार गर्नुपर्ने भएको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) बमोजिम अस्पतालहरुले सो सेवा उपलब्ध गराउनुपर्ने भन्दै महानगरले निर्णय गरेको हो ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाको निर्णय गरेको बताएका छन् ।

महानगर प्रमुख बालेनले अस्पतालहरुले लक्षित वर्गलाई प्रदान गरेको निःशुल्क सेवाको विवरण टाँस गर्ने र महानगरमा प्रत्येक महिनाको १० गते बुझाउनुपर्ने बताएका छन् । साथै उनले मापदण्ड कार्यान्वयन नगर्ने र विवरण नबुझाउनेलाई नियमअनुसार कारबाही गर्ने समेत बताएका छन् ।

‘लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारवाही हुने ब्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ’, महानगर प्रमुख बालेनले भनेका छन् ।

Share News