काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले पहिलो पटक संसदमा उपस्थित भएका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न उनि संसद पुगेका हुन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन सुरु गरेका छन् ।
यस्तै, बिरामी भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उनी उपस्थित भएका छन् ।
पेटसम्बन्धी रोगको उपचार भारतमा गराएर गत वैशाख १८ गते राष्ट्रपति पौडेल स्वदेश फर्किएका हुन् ।