आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार र निजी सहकार्य आवश्यक छ : मन्त्री रिजाल

<p>काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य आवश्यक रहेका बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ मा बोल्दै उनले सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य आवश्यक रहेको बताएका हुन् । लगानी मैत्री औद्योगिक वातावरणको निर्माण, [&hellip;]</p>

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य आवश्यक रहेका बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ मा बोल्दै उनले सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य आवश्यक रहेको बताएका हुन् ।

लगानी मैत्री औद्योगिक वातावरणको निर्माण, आत्मनिर्भर अर्थतन्त्रका विकास गरी औद्योगिक पूर्वाधार प्राकृतिक श्रोतको सदुपयोगको लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको पनि रिजालले बताए ।

औद्योगीकरणको उचित विकास विना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नभएको उनको भनाइ छ । ‘नेपालमा औद्योगीकरणको विकास तथा प्रवर्द्धनका लागि नीतिगत सुधार, आवश्यक वातावरण निर्माण प्रतिस्पर्धात्मक क्षमताको विकास, दाता अभिवृद्धि र स्वदेशी वस्तुहरूको उत्पादन उपभोग र निर्यात प्रवर्द्धनको वातावरण निर्माण गर्ने तर्फ लागेका छौं,’ उनले भने ।

निजी क्षेत्रको उचित मागको सम्बोधन गरी यस क्षेत्रका समस्या समाधान गर्न तथा आवश्यक सहकार्य तथा समन्वय गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै रिजालले मन्त्रालयले उद्योगीहरूको अभिभावकको रूपमा काम गरिरहेको पनि बताए ।

Share News