शीर्ष तीन दलको बैठक शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको रास्वपाको आशंका

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भूटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ । आईतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भूटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।

आईतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने निस्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने पनि स्पष्ट पारे । उनले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद प्रभावकारी बनाउनुपर्ने बताए ।

‘भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई हाम्राे पार्टीले समर्थन गर्छ तर यतिमा मात्रै खुशी हुने अवस्था छैन, सबै चनाखो भएर बस्नुपर्छ, नक्कली भूटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन हाम्राे पार्टी लागिपरेकाे छ,’ उनले भने ।

बैठकमा पछिल्लो समय शीर्ष तीन दलका नेताहरुको बैठक बसिरहेको र त्यसले संसदलाई बन्दी बनाउने अशंका उब्जाएको उनले बताए । उनले बैठक बस्न मिल्ने तर संसदीय गतिविधिहरु संसदबाट नै हुनुपर्ने अडान रास्वपाको रहेको जिकिर गरे । ‘संसदबाट हुनुपर्ने काम कारबाही र निर्णय संसदबाट नै हुनुपर्छ,’ उनले भने ।

Share News