काठमाडौं । प्रतिनिधिसभाले संसद बैठकमा सहभागी हुँदा सांसदहरुले टिसर्ट जिन्स लगाउन नपाइने भएकाे छन् ।
आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरुको पोशाक तोक्दा यस्ताे नियम बनाएका हुन् ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार कार्यव्यवस्था परामर्श समितिको परामर्श अनुसार सांसदहरु मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी सभामुखबाट निर्णय भएको हाे ।
अधिकारीका अनुसार संसद बैठकमा उपस्थित हुँदा लोगो पनि अनिवार्य लगाउनुपर्नेछ।