दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न

<p>काठमाडौं । दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ । नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप एनपी पगले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गरेको हो । वैशाख २६ गतेदेखि वैशाखा २९ गतेसम्म काभ्रेको धुलीखेलमा सम्पन्न भएको आयोजकले जनाएको छ । कन्फेरेन्स काठमाडौं विश्वविद्यालय सञ्चालन भएको थियो । सन् २०१८ को एसक्युएल कन्फेरेन्स सफल भएपछि संस्थाले [&hellip;]</p>

काठमाडौं । दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ । नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप एनपी पगले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गरेको हो ।

वैशाख २६ गतेदेखि वैशाखा २९ गतेसम्म काभ्रेको धुलीखेलमा सम्पन्न भएको आयोजकले जनाएको छ । कन्फेरेन्स काठमाडौं विश्वविद्यालय सञ्चालन भएको थियो ।

सन् २०१८ को एसक्युएल कन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो कन्फेरेन्स आयोजना गरेको जानकारी दिएको छ । कन्फेरेन्समा पोस्टग्रे एसक्युएल यूजर ग्रुप कम्युनिटीका लोकप्रिय व्यक्ति र अरु स्थानीय वक्ताहरुसँग छलफल गरिएको थियो । चारदिनसम्म चलेको उक्त पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपालमा फरक फरक क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए । खासगरी औद्योगिक, सरकारी, एकेडेमिक आदि क्षेत्रका व्यक्तिहरु कार्यक्रममा सहभागी भएको आयोजकले जनाएको छ ।

कन्फेरेन्स भन्दा अघि पनि दुई दिनको प्रि कन्फेरेन्स ट्रेनिङ सेसन आयोजना गरिएको थियो । मे ९ र १० वैशाख २६ र २७ मा शिक्षा, उद्योग, सरकारी र गैरसरकारी क्षेत्रहरुबाट करिब ३५ जनाले प्रशिक्षण लिएका थिए । यस वर्ष रूस, अमेरिका, भारत र पाकिस्तानलगायत ८ देशका अन्तराष्ट्रिय वक्ताहरु उपस्थित भएका थिए ।

कार्यक्रममा वक्ताको रुपमा एगोर रोगोब, जसनप्रीत सिंह, क्रिस ट्राभर्स, उमेयर साहिद, कृष्ण लोदा रहेका थिए । त्यस्तै पभेल टोल्माचेभ, ओलेग बार्टुनभ, एलेक्जेन्डर बार्टुसेभ, रोहित मान अमात्य र सन्दिप बस्नेत समेत कार्यक्रममा वक्ताको रुपमा रहेका थिए । कन्फेरेन्सका संयोजक बालकृष्ण बलले भनेका छन्, ‘हामी अब नेपाली समुदायको लागि पोस्कट्रे एसक्यूएलमा काम गर्न सक्छौं।त्यतिमात्र होइन नियमित रुपमा नेपाली समाजको लागि सँगैसँगै हातेमालो गरेर अगाडी बढ्न सक्छौं।’

प्रमुख कन्फेरेन्स मे ११ र १२ वैशाख २८ र २९ मा आयोजना गरिएको थियो र यसमा अन्तर्राष्ट्रिय वक्ताको रूपमा पोस्टग्रे एसक्युएल कम्युनिटीका व्यक्तिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा की नोट सेसन, प्यारेलल टक सेसन र वर्कशपहरु आयोजना गरिएका थिए । बालले यस कार्यक्रममा विविध क्षेत्रबाट सहभागिता हुने र यसले एक शक्तिशाली पोस्टग्रे एसक्युएल यूजर ग्रुप नेपाल बनाउन मद्दत गर्ने अपेक्षा गरेका छन् ।

Share News