कालिञ्चोक दर्शनको नाफासँगै ईपीएस पनि बढ्यो

<p>काठमाडौं । कालिञ्चोक दर्शनको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४५.४२ प्रतिशत बढेर २ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।े गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको आम्दानी बढेसँगै नाफा बढ्न पुगेको तथ्याङ्कले देखाएको छ । ९ महिनामा कम्पनीको आम्दानी १६.९९ [&hellip;]</p>

काठमाडौं । कालिञ्चोक दर्शनको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४५.४२ प्रतिशत बढेर २ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।े गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको आम्दानी बढेसँगै नाफा बढ्न पुगेको तथ्याङ्कले देखाएको छ ।

९ महिनामा कम्पनीको आम्दानी १६.९९ प्रतिशत ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ४ करोड ५९ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १६.८१ प्रतिशत बढेर ४ करोड ८१ लाख रुपैयाँ र अन्य आम्दानी ९७.४५ प्रतिशत बढेर १ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म कम्पनीको कूल खर्च ४४ प्रतिशत बढेर १ करोड ३७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९५ लाख ६६ हजार रुपैयाँ कूल खर्च गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २५ प्रतिशत बढेर ६० करोड रुपैयाँ र जगेडा कोष १ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७१ पैसा बढेर ५ रुपैयाँ ५ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९९.३६ गुणा रहेको छ ।

Share News