एभरेष्ट बैंकले एकैपटक १६ वटा सवारी बेच्दै

<p>काठमाडौं । एभरेष्ट बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकका विभिन्न शाखा कार्यालयमा रहेका चालू सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । बैंकका अनुसार विभिन्न शाखा कार्यालयमा रहेका १६ वटा सवारी साधन बिक्रीमा राखेको हो । बैंकले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकका विभिन्न शाखा कार्यालयमा रहेका चालू सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ ।

बैंकका अनुसार विभिन्न शाखा कार्यालयमा रहेका १६ वटा सवारी साधन बिक्रीमा राखेको हो । बैंकले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ ।

बैंकले सवारीहरु लाजिम्पाट, बानेश्वर, धनगढी, विरगन्ज, सिमरा, आइसीडी ड्राइपोर्ट, इटहरी, चाहबिल, बालाजु, बागबजार, चपुर, गुलरिया शाखा कार्यालयमा रहेको जनाएको छ ।

सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिन अर्थात् जेठ १४ गते भित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

Share News