
फाइल फाेटाे
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र एम्बुलेन्स प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले काठमाडौं महानगरभित्र एम्बुलेन्स प्रयोग गर्दा शुल्क नलाग्ने बताएका हुन् ।
एम्बुलेन्स आवश्यक परेकाहरुले २४ सै घण्टा १०२ नम्बरमा फोन गरेर सेवा लिन सकिने समेत उनले बताएका छन् ।