२०५६ सालमै शिवेन्द्र बुद्ध एयरबाट अलग भएका थिए

<p>काठमाडौं । बुद्ध एयरले शिवेन्द्र बहादुर बस्नेत २०५६ सालमै बुद्ध एयरबाट अलग भएको बताएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ती जारी गर्दै बस्नेतले लगाएको आरोपहरुको खण्डन गर्दै बस्नेतले २०६४ सालै कम्पनीमा भएको आफ्नो १४ प्रतिशत सेयर बिक्री गरी अलग भएको बताएको हो । कम्पनीले घाटामा हुँदा बस्नेतले कम्पनी छाडेको बताएको छ । &#8216;बुद्ध एयरमा संस्थापक शेयरधनीको [&hellip;]</p>

काठमाडौं । बुद्ध एयरले शिवेन्द्र बहादुर बस्नेत २०५६ सालमै बुद्ध एयरबाट अलग भएको बताएको छ ।

कम्पनीले बिहीबार एक विज्ञप्ती जारी गर्दै बस्नेतले लगाएको आरोपहरुको खण्डन गर्दै बस्नेतले २०६४ सालै कम्पनीमा भएको आफ्नो १४ प्रतिशत सेयर बिक्री गरी अलग भएको बताएको हो । कम्पनीले घाटामा हुँदा बस्नेतले कम्पनी छाडेको बताएको छ ।

‘बुद्ध एयरमा संस्थापक शेयरधनीको रुपमा स्व. सुरेन्द्र बहादुर बस्नेत र वीरेन्द्र बहादुर बस्नेत भई सञ्चालन भएको कम्पनीमा पछिबाट शिवेन्द्र बहादुर बस्नेतले प्राप्त गरेका १४ प्रतिशत सेयर निजले २०५६ सालमा बिक्री गरी बुद्ध एयरबाट अलग भई प्रतिष्पर्धी ‘माउन्टेन एयर’ खोलेका थिए,’ विज्ञप्तीमा भनिएको छ ।

साविकमा कम्पनीको कार्यकारी अध्यक्ष स्व। सुरेन्द्र बहादुर बस्नेतले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयरमध्ये ४० प्रतिशत वीरेन्द्र बहादुर बस्नेतलाइ र बाँकी ४० प्रतिशत सेयर अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेत र आदर्श बहादुर बस्नेतको नाममा गरिदिएको बुद्ध एयरले जनाएको छ ।

यस्तै, कम्पनीले पत्रिकामार्फत सबै सेयरधनीलाई साधारण सभामा उपस्थित हुन सूचना जारी गर्दा पनि ३५ प्रतिशत सेयरका हिस्सेदार अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्श बहादुर बस्नेत उपस्थित नभएको बताएको छ ।

३५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने उनीहरुलाई कागजात तथा अभिलेख निरिक्षण गर्न तथा आर्थिक विवरण लिनका निम्ति समय निर्धारण भएको अवस्थामा समेत उपस्थित नभएको बुद्ध एयर बताउँछ ।

त्यस्तै, बुद्ध एयरले बस्नेतले कम्पनीलाई विभिन्न काल्पनीक आरोप लगाएको बताएको छ । बस्नेतले कम्पनीमा गत चैत २४ गते  दुई जना कानून व्यवसायी र लेखापरिक्षक ल्याई धम्की दिएको विज्ञप्तीमा उल्लेख छ ।

बस्नेतले समुह ‘क’ र समुह ‘ख’ बाट समानान्तर दुईवटा व्यवस्थापन संचालन नगरे कम्पनीलाई ‘लिक्यूडेशन’मा लगी ४० प्रतिशत सेयर बराबरको सम्पत्ति लगी छुट्टै वायुसेवा कम्पनी सञ्चालन गर्ने मागहरु राखेको र सो व्यक्त गरेको अडियो कम्पनीसँग सुरक्षित रहेको विज्ञप्तीमार्फत कम्पनीले जानकारी दिएको छ ।

बुधबार शिवेन्द्रले बुद्ध एयरका संचालक रहेको विरेन्द्र बहादुर बस्नेतले कम्पनीमा आर्थिक घोटाला गरेको आरोप लगाउँदै विज्ञप्ती जारी गरेका थिए । 

Share News