
काठमाडौं । नेपाल प्रहरीका पूर्व एसपी लब बिष्टले डा. आरजु देउवालाई लक्षित गर्दै पैसाको बिटोसहित नभेट्दा आफ्नो बढुवा रोकिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बिष्टले डा. देउवाको नाम नलिइकन लेखेका छन्, ‘बि सं २०७३ मा Seniority मा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुँदा हुँदै पनि नोटको बिटो सहित बिमलेन्द्र निधि मार्फत बुढानीलकण्ठ बस्ने भाउज्यू लाई चाकडी गर्न मनले नमान्दा बढुवा हुन बाट बन्चीत भई अवधि नै नपुगी प्रहरी सेवा बाट हटनु परेको ।’
उनले आफू प्रहरी सेवामा रहँदा राजनैतिक आक्रमण भएको भन्दै पहिलो आक्रमण सप्तरीबाट दार्चुलामा सरुवा गरेर गरिएको बताएका छन् । सो सरुवा गिरीजाप्रसाद कोइरालाका विश्वासपात्र नेपाली कांग्रेस सप्तरीका नेता रामकुमार चौधरी गराएको उनले आरोप लगाएका छन् ।
‘ बि सं २०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरेको । कारण: रूपनी का निमुखा गांउले हरुलाई फसाउन रचिएको झुठा डांका मुद्दा दर्ता गर्न नमानेको । सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता राम कुमार चौधरी (प्रजातन्त्रका सेनानी श्री गीरीजा प्रसाद कोइरालाका बिश्वास पात्र) ।’
विष्टले लेखेको स्टाटस
https://www.facebook.com/chintan55/posts/10218611678042675
