समस्या छ भनेर नै अगाडि बढ्यौं भने हामी ठिक ठाउँमा पुग्छौं : अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या छ भनेर नै अगाडि बढेमा ठिक ठाउँमा पुगिने बताए । संसदमा सांसदहरुले उठाएका प्रश्न दिनेक्रममा मन्त्री महतले सो बताएका हुन् । उनले राजस्व लक्षित अनुसार उठ्न नसकेको, व्यापार घाटा कायमै छ, ऋणको दायित्व कायम नै भएको बताए । भुकम्पदेखिको अहिलेसम्म राज्यले लिएको ऋणको सावाँ ब्याजको दायित्व बढ्दै [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या छ भनेर नै अगाडि बढेमा ठिक ठाउँमा पुगिने बताए । संसदमा सांसदहरुले उठाएका प्रश्न दिनेक्रममा मन्त्री महतले सो बताएका हुन् ।

उनले राजस्व लक्षित अनुसार उठ्न नसकेको, व्यापार घाटा कायमै छ, ऋणको दायित्व कायम नै भएको बताए । भुकम्पदेखिको अहिलेसम्म राज्यले लिएको ऋणको सावाँ ब्याजको दायित्व बढ्दै गएको र देश श्रृलंका तिर जानुहुन्न भनेर आयातमा प्रतिवन्ध लगाउँदा राजस्व आम्दानी घटेको उनको मन्त्री महतको भनाइ छ । राजस्व कम भइसकेपछि आन्तरिक ऋण बढाउनुपरेको र वैदेशिक ऋण बढी लिनुपरेको उनले बताए ।

सरकारले मात्रै बैंकिङ ऋण खिच्दिन नमिल्ने र वैदेशिक ऋण पनि भन्ने वित्तिकै नपाइने उनले बताए । समस्या सँगसँगै सकारात्मक तस्बिर पनि भएको उनको भनाइ छ । पर्यटन क्षेत्रको अवस्थामा सुधार हुँदै गएको, वैदेशिक मुद्राको सञ्चिति बढ्दै गएको तर, ऋण लिएर लगानी गरेकाको लगानीको लागत बढेको र ऋण तिर्ने क्षमता घट्दै जाने समस्या भएको उनको भनाइ छ ।

सरकारको खर्च गर्ने क्षमता कमजोर भएको हुँदा सिथिलता हुन गएकाले आर्थिक गतिविधि नभएको उनले बताउँदै आफूले प्रस्ताव गरेको सिद्धान्त र प्राथमिकता सोही समस्या समाधान गर्ने लक्षित भएको बताए । एकवर्षमा नै सबै समस्या समाधान नहुने तर, समस्या समाधान तर्फ प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा भएको सरकार लक्षित हुने उनको भनाइ छ ।

जनतामा आशा जगाउनका लागि मौद्रिक नीति र वित्तीय नीतिको तारतम्य मिलाएर अगाडि बढाउन आवश्यक भएको उनले बताए । पुँजीगत खर्च पर्याप्त नहुनुमा राज्यप्रणालीमा समस्या भएको भन्दै उनले नौ महिना सुतेर बस्ने र तीन महिनामा काम गर्ने परिपाटी समस्या भएको उनको भनाइ छ ।

अर्थमन्त्री महतले साइट क्लियरेन्स नहुँदै, मुआब्जा नहुँदै ठेक्का नलगाउँदा पनि काम नभएको र लागत पनि बढ्दै गएको उदाहरण पेस गरे । उनले आँफूले बजेटको प्राथमिकताको सिद्धान्तमा समस्या मात्रै नदेखाएको बताए ।

‘मैले बजेटमा खाली समस्याहरु मात्रै देखाएको छैन, यहाँ के गर्नुपर्छ भनेर देखाएको छु, क्षेत्रगत प्राथमिकता मात्रै देखाएको छैन, क्षेत्रगत प्राथमिकताभित्र पनि कुन प्राथमिकता भनेर छुट्याएको छु’, उनले भने । उनले बजेटका लागि आफ्नो इमान्दार कोशिश हुने र सबैको सहयोग चाहिने बताए ।

Share News