गगनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई दिए बधाई

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई बधाई दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य भएको बताउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । ‘बजारको [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई बधाई दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य भएको बताउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिएका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए ।

‘बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस्, कुनै दबावले प्रभावित नहोस् । कुनै पनि कुराले, कहिँको पनि कुराले प्रभावित नहोस्,’ उनले भने ।

Share News