गाउँघरमै पुगेर स्वास्थ्य जाँच गर्दै राइनासका स्वास्थ्यकर्मीहरु

<p>काठमाडौं । लमजुङको राइनास नगरपालिकाका स्वास्थ्यकर्मीहरुले घर–घरमै पुगेर स्वास्थ्य जाँच गर्ने गरेका छन् । नगरपालिकाभित्र रहेका ६ वटा स्वास्थ्य चौकी र ५ वटा स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीहरुले प्रत्यक महिना गाउँ घरमै पुगेर नियमित रुपमा स्वास्थ्य जाँच गर्ने गरेका हुन । जसअनुसार राइनास नगरपालिका वडा नम्बर ९ मा रहेको मोहोरियाकोट स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीहरुले सोमबार घर घरमा पुगेर स्वास्थ्य परीक्षण गरेका [&hellip;]</p>

काठमाडौं । लमजुङको राइनास नगरपालिकाका स्वास्थ्यकर्मीहरुले घर–घरमै पुगेर स्वास्थ्य जाँच गर्ने गरेका छन् । नगरपालिकाभित्र रहेका ६ वटा स्वास्थ्य चौकी र ५ वटा स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीहरुले प्रत्यक महिना गाउँ घरमै पुगेर नियमित रुपमा स्वास्थ्य जाँच गर्ने गरेका हुन ।

जसअनुसार राइनास नगरपालिका वडा नम्बर ९ मा रहेको मोहोरियाकोट स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीहरुले सोमबार घर घरमा पुगेर स्वास्थ्य परीक्षण गरेका छन् ।

उक्त कार्यालयले प्रत्येक महिनाको २५ गते ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । घरदैलो कार्यक्रममा प्रेसर जाँच गर्ने गरिएकोमा सोमबारदेखि सुगर जाँच समेत गरिएको मोहोरियाकोट स्वास्थ्य चौकिकी अहेब उषा आचार्यले जानकारी दिईन ।

उनका अनुसार सोमबारको घरदैलो कार्यक्रम अन्तरगत ९२ जनाको प्रेसर तथा ४५ जनाको सुँगरको जाँच गरिएको थियो ।

महिनामा एक पटक घरदौलो कार्यक्रम गरी स्वास्थ्य जाँच गर्दा ६० वर्षभन्दा माथिका बृद्ध बृद्धालाई उपयोगी भएको उनको भनाई छ ।

‘गाउँ गाउँमा गएर बृद्धा बा आमाको स्वास्थ्य जाँच गर्न उहाँहरुको मुहारमा खुसी देखोका छौँ, हामी गाउँघर स्वास्थ्य जाँचलाई अभियान कै रुपमा सञ्चालन गर्दै आएका छौँ’, उनले भनिन ।

Share News