काठमाडौँ । सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरासमेत रहेका सन्दीपलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराएको थियो ।
नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो ।