चार्जिङ स्टेशनकाे विकासलाई लिएर कुनै पनि नीति छैन : ज्ञवाली

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवालीले चार्जिङ स्टेशनको विकासलाई लिएर कुनै पनि नीति नभएको बताएका छन् । बिहीबार काठमाडौंमा भएको काठमाडौंमा चार्जिङ स्टेसन निमार्णको लागि ठूलो लागत लाग्ने हुनाले यसको निमार्ण गर्ने निकाय कुन हो भन्ने छुट्टिनु पर्ने उनले बताए । उनले हाल विद्युत प्राधिकरण पहिला चार्जिङ स्टेशन राखेपछि इभीको विकास हुन्छ भन्ने [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवालीले चार्जिङ स्टेशनको विकासलाई लिएर कुनै पनि नीति नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको काठमाडौंमा चार्जिङ स्टेसन निमार्णको लागि ठूलो लागत लाग्ने हुनाले यसको निमार्ण गर्ने निकाय कुन हो भन्ने छुट्टिनु पर्ने उनले बताए ।

उनले हाल विद्युत प्राधिकरण पहिला चार्जिङ स्टेशन राखेपछि इभीको विकास हुन्छ भन्ने योजनाको साथ अगाडी बढिरहेको बताए । ‘यो महिला भित्र ५१ वटा एकैपटक चार्जिङ स्टेशनको उद्घाटन गर्ने हो, र ११ वटा थप्ने छौं,’ उनले भने ।

पहिलो चरणको चार्जिङ स्टेसन निर्माण अन्तिम चरणमा छ रहेको बताउँदै उनले भने, ‘मेजर सिटिमा चार्जिङ स्टेसन बनिसकेको छ, बन्ने क्रम पनि जारी छ ।’

ज्ञवालीले प्राधिकरणले यो वर्ष एउटा चाजिङ् स्टेसनबाटै सबै गाडी चार्ज गर्न मिल्ने स्टेसन निमार्ण गर्ने योजनामा रहेको जानकारी दिएका छन् ।

Share News