काठमाडौै । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ ।
बिहीबार बिहान बुटवलबाट काठमाडौं ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो ।
सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप छ ।