उमेरको वृद्धिसँगै किन कपाल सेतो हुन्छ ?

<p>काठमाडौं । अमेरिकी वैज्ञानिकहरुले उमेरको वृद्धिसँगै कपालको रंग सेतो हुनुको कारण पत्ता लगाएको दाबी गरेका छन् । ती वैज्ञानिकहरुका अनुसार जब कपाललाई कालो बनाइराख्ने कोशिकाको क्षमतामा ह्रास आएसँगै कपाल सेतो हुन थाल्दछ । ती कोशिकाहरु परिपक्क भएपछि मेलोनाइट्समा परिणत हुन्छन् जसले कपालको प्राकृतिक रंगलाई कायम राख्न मद्दत गर्छ । न्यूयोर्क विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको टोलीले मुसामा यो [&hellip;]</p>

काठमाडौं । अमेरिकी वैज्ञानिकहरुले उमेरको वृद्धिसँगै कपालको रंग सेतो हुनुको कारण पत्ता लगाएको दाबी गरेका छन् । ती वैज्ञानिकहरुका अनुसार जब कपाललाई कालो बनाइराख्ने कोशिकाको क्षमतामा ह्रास आएसँगै कपाल सेतो हुन थाल्दछ ।

ती कोशिकाहरु परिपक्क भएपछि मेलोनाइट्समा परिणत हुन्छन् जसले कपालको प्राकृतिक रंगलाई कायम राख्न मद्दत गर्छ । न्यूयोर्क विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको टोलीले मुसामा यो अध्ययन गरेको थियो, मुसामा पनि एउटै प्रकारका कोशिकाहरु हुन्छन् ।
वैज्ञानिकहरुले अनुसन्धानले सेतो रंगमा रुपान्तरण भएको कपाल फेरि कालो बनाउने प्रकृया शुरु गर्न सकिने दाबी गरेका छन् । ब्रिटिस एशोसिएसन अफा डर्माटोलोजिस्टका अनुसार मेलोनाइट्समाथिको अध्ययनले क्यासल लगायतमा मानिसको स्वास्थ्य अवस्थाको बारेमा समेत बुझ्न मद्दत गर्ने जनाइएको छ ।

हामी उमेरसँगै बुढो हुँदै जान्छौ र हाम्रो कपाल झर्दै जान्छ । यो हाम्रो जीवनको सामान्य प्रकृया हो, जुन जीवनभर चलिरहन्छ । हाम्रो छालामा रहेको हेयर साना छिद्रहरुबाट रौं पैदा भएको हुन्छस । त्यहाँ नै कपाललाई कालो बनाउने कोशिका पनि रहेका हुन्छन् ।

ती कोशिकाहरु पनि नियमित रुपमा पनि बन्छन र नष्ट पनि हुन्छन् । यी कोशिकाहरु स्टिमसेलबाट बनेका हुन्छन् । न्युयोर्क युनिभर्सिटीका वैज्ञानिकहरुले यो मानेका छन् की जब कुनै कारण यी कोशिकाहरु स्टिम सेलको कारणले नयाँ बन्ने प्रकृया रोकिन पुग्छ त्यसपछि कपाल सेतो हुन थाल्छ ।

न्यूयोर्क युनिभर्सिटीको लाङवान हेल्थ टोलीले विशेष स्क्यानिङ र प्रयोगशाला प्रविधिको सहयोगमा यी कोशिकाहरुको निर्माण र वृद्धिको प्रकृयाको अध्ययन गरिरहेको छ । जब कपालको उमेर बढ्दै जान्छ, तब कपाल झर्दै जान्छ । सोसँगै मेलानोसाइट्स कोशिकाहरु पनि कमजोर हुँदै जान्छन् । स्टिम सेलहरु आफ्नो ठाउँमा स्थिर हुन्छ र उसले मेलानेसाइट्सको विकास गर्न सक्दैन । जसका कारण कपालको रौंमा कलर कायम राख्ने विषयमा समस्या पैदा हुन्छ । वीवीसीबाट ।

Share News