ब्याजदर उच्च हुँदा सीआईटीको नाफा पौने १ अर्ब, ब्याज आम्दानी १०६ प्रतिशत बढ्यो

<p>काठमाडौं । नगरिक लगानी कोष (सीआईटी)ले चालू आर्थिक वर्षका् तेस्रो त्रैमासमा खुद नाफा २४.१४ प्रतिशत बढेर ७७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएका कारण कोषको नाफा बढेको हो [&hellip;]</p>

काठमाडौं । नगरिक लगानी कोष (सीआईटी)ले चालू आर्थिक वर्षका् तेस्रो त्रैमासमा खुद नाफा २४.१४ प्रतिशत बढेर ७७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएका कारण कोषको नाफा बढेको हो । बैंक तथा वित्तीय संस्थाबाट आउने ब्याजबाट कोषले उल्लेख्य नाफा वृद्धि गर्न सफल भएको हो ।

चैत मसान्तसम्म कोषको ब्याज आम्दानी १०६.७ प्रतिशत बढेर ३० करोड ५० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कोषले १४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कोषले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप लगायतका क्षेत्रमा २ खर्ब ४२ अर्ब ४४ करोड १७ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोही अवधिमा कोषले २ खर्ब १२ करोड २९ लाख रुपैयाँ लगानी गरेको थियो । जुन गत वर्षको तुलनामा २१.१४ प्रतिशत बढी हो ।

यस्तै कोषको सेवा शुल्क तथा कमिसन आम्दानी ५ प्रतिशत बढेर ९३ करोड ५० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा ८८ करोड २५ लाख सेवा शुल्क तथा कमिसन आम्दानी गरेको थियो । साथै विविध आम्दानी १ करोड ६८ लाख रुपैयाँ गरेको छ ।

९ महिनाको अवधिमा कोषको व्यवस्थापन खर्च १६ करोड ४८ लाख रुपैयाँ र खर्च व्यवस्था ५ करोड ४७ लाख रुपैयाँ गरी कूल खर्च २१ करोड ९६ लाख रुपैयाँ गरेको छ ।

तेस्रो त्रैमासमा कोषको कूल आम्दानी बढेर १ अर्ब २५ करोड ६९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कोषले १ अर्ब ३ करोड ७ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कोषको चुक्ता पूँजी ३० प्रतिशत बढेर ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १८.५३ प्रतिशत घटेर १६ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ रहेको छ । कोषको स्थिर सम्पत्ति पनि वृद्धि भएर ३ अर्ब १५ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कोषको रिटर्न अप इक्विटी ८.१८ प्रतिशतबाट बढेर ९.६७ प्रतिशत पुगेको छ । कोषको प्रतिसेयर आम्दानी ३ रुपैयाँ घटेर २४.४० रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २०१.८७ रुपैयाँ रहेको छ ।

Share News