काठमाडौं । नबिल बैंकले कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिकाका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिएको छ ।
राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार बैंकले ५७ जनालाई एक साता लामो तालिम प्रदान गरेकाे हाे ।
नबिल दिगो बैंकिङ अवधारणा अनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैंकले यस कार्यक्रममा आफ्नो आवद्धता जनाएको हो ।
बैंकले स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन यो तालिम सहयोगी हुने अपेक्षा राखेको बताएको छ ।
कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख लगायत नबिल बैंकका तर्फबाट कोशी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति रहेको थियो ।