सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन काउन्टर गेटा आँखा अस्पतालमा

<p>काठमाडौं । सिद्धार्थ बैंकले कैलाली स्थित गेटा आँखा अस्पतालमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले गोदावरी नगरपालिका, कैलाली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले कैलाली स्थित गेटा आँखा अस्पतालमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले गोदावरी नगरपालिका, कैलाली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त एक्स्टेन्सन् काउन्टर विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९५ (५ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

Share News