बैंकहरुले खरिद बिक्री गर्ने डलरको शुल्क बढ्यो

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर खरिद बिक्री गर्दा बैंकहरुले सेवा शुल्क लिन पाउने भएका छन् । एकीकृत परिपत्र २०७९ संशोधन जारी गर्दै राष्ट्र बैंकले मालवस्तु बाहेक अन्य आयातको हकमा प्रतीतपत्र अनिवार्य नहुने बताएको हो । बैंक तथा वित्तीय संस्थाले परिवत्र्य विदेशी मुद्राको विनिमय दर तोक्दा सम्बन्धित परिवत्र्य विदेशी मुद्राको न्यूनतम खरिद दर (५० [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर खरिद बिक्री गर्दा बैंकहरुले सेवा शुल्क लिन पाउने भएका छन् । एकीकृत परिपत्र २०७९ संशोधन जारी गर्दै राष्ट्र बैंकले मालवस्तु बाहेक अन्य आयातको हकमा प्रतीतपत्र अनिवार्य नहुने बताएको हो ।

बैंक तथा वित्तीय संस्थाले परिवत्र्य विदेशी मुद्राको विनिमय दर तोक्दा सम्बन्धित परिवत्र्य विदेशी मुद्राको न्यूनतम खरिद दर (५० दर भन्दा साना दरका नगद नोट खरिद समेत) र बिक्री दर बीचको फरक १ प्रतिशतभन्दा बढी नहुने गरी तोक्नु पर्नेछ । तर, अमेरिकी डलर खरिद दर र बिक्री दर बीचको फरक ०.६० रुपैयाँभन्दा बढी हुने छैन । यस्तै, ५० दर भन्दा साना दरका नगद नोट खरिद गर्दा सेवा शुल्क लिन बाधा नपर्ने राष्ट्र बैंकले बताएको छ ।

नेपाली नागरिकसँग अमेरिकी डलर ५ हजार वा बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकम)को खरिद कारोबार गर्न सकिने सकिनेछ । तर, विदेशी इष्टमित्र र ग्राहकहरुबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने अधिकतम अमेरिकी डलर ५ सयसम्म मात्र सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

Share News