काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातित वस्तुहरुमा मालवस्तु बाहेक अन्य सामाग्रीहरुमा प्रतीतपत्र (एलसी) लागू नहुने बताएको छ । एकीकृत परिपत्र २०७९ संशोधन जारी गर्दै राष्ट्र बैंकले मालवस्तु बाहेक अन्य आयातको हकमा प्रतीतपत्र अनिवार्य नहुने बताएको हो ।
राष्ट्र बैंकका अनुसार माल वस्तु आयात गर्ने प्रयोजनको लागि ड्राफ्ट टी.टी. मार्फत आयात गर्न पाइने सीमा भन्दा बढीको हकमा प्रचलित व्यवस्था अन्तर्गत रही प्रतीतपत्रको माध्यमबाट मात्रै प्रदान गर्नुपर्नेछ । तर, मालवस्तु बाहेक अन्य आयातको हकमा प्रतीतपत्र अनिवार्य नहुने राष्ट्र बैंकको भनाइ छ ।
यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर १ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिनेछ । तर, भिसा आहवेदनको हकमा सम्बन्धित दूतावास लगायत भिसा आहवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवत्र्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा (विद्युतीय माध्यम समेत) तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा अधिकतम अमेरिकी डलर १ हजारको सीमाले बाधा पुर्याएको नमानिने राष्ट्र बैंकले जनाएको छ ।