राष्ट्र बैंकले सुपरिवेक्षण नगरे मर्जरमा गएका बैंकको जोखिम बढ्न सक्छ

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तिय संस्थाको संख्या घटेपनि जोखिम बढ्न सक्ने बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरिवेक्षण नगरे जोखिम बढ्न सक्ने बताए । उनले राष्ट्र बैंकले आफ्नो क्षमतामा वृद्धि गरिरहेको बताए । कोरोनापछि राष्ट्र [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तिय संस्थाको संख्या घटेपनि जोखिम बढ्न सक्ने बताएका छन् ।

बिहीबार नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरिवेक्षण नगरे जोखिम बढ्न सक्ने बताए ।

उनले राष्ट्र बैंकले आफ्नो क्षमतामा वृद्धि गरिरहेको बताए । कोरोनापछि राष्ट्र बैंकले उदार निति जारी गरेका कारण अर्थतन्त्र कोल्याप्स हुनबाट जोगिएको उनी बताउँछन् ।

राष्ट्र बैंक पूर्ण स्वायत्त भएको हुँदा अर्थतन्त्रमा परेको समस्यामा समाधान भएको बताउँदै उनले भने,’राष्ट्र बैंक पूर्ण स्वायत्त हुन जरुरी छ, २०४६ देखि बजारले ब्याजदर निर्धारण गर्ने भएकोले राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गर्न सक्दैन ।’

यस्तै, उनले सहकारी संस्थालाई तत्काल नियन्त्रण नगरे ओरियन्टल र सिभिल सहकारी संस्था डुबे जस्तै अन्य ठूला सहकारी संस्था पनि डुब्न सक्ने बताएका छन् ।

Share News